Breaking News.... EverestOnlineKhabar
May 1, 2026

Loading

काठमाडौं । काठमाडौं उपत्यकासहित देशैभर मौसम बदली भएको छ । मौसम बदली हुँदा आइतबार मध्यान्हबाट राजधानीबासीले चिसो महसुस गरेका छन् ।

राजधानीलगायत देशको पूर्वी र मध्य पहाडी क्षेत्रमा मौसम बदली भइ चिसो बढेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । न्युनतम तापक्रम शनिबारको भन्दा बढी भएपनि बदलीका कारण चिसो भएको हो ।

बदली भएको मौसम सुधार आउन अझै दुई दिन लाग्ने मौसमविद् बताउँछन । काठमाडौंमा आइतबार न्युनतम तापक्रम ५ डिग्री सेल्सियस रहेको छ। शनिबार भने ३ दशमलब ४ डिग्री सेल्सियस रहेको थियो। मौसम बदलीका कारण तराईका जिल्लाहरुमा आइतबार पनि घाम लाग्न सकेन।

चिसोका कारण देशभर २५ भन्दा बढीको मृत्यु भइसकेको गृह मन्त्रालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed