Breaking News.... EverestOnlineKhabar
May 3, 2026

यू १९ बिश्वकप क्रिकेटमा भारतले अष्ट्रेलियालाई १०० रनले हरायो

Loading

एजेन्सी । यू १९ विश्वकप क्रिकेटको आफ्नो पहिलो खेलमा भारतले अष्ट्रेलियालाई १०० रनले पराजित गरेको छ । न्युजिल्याण्डमा जारी प्रतियोगिताको समूह बी अन्तर्गतको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित ओभरमा ७ विकेट गुमाएर ३२८ रनको बिशाल योगफल बनाएको थियो ।

भारतका लागि कप्तान पृथ्वी श र मञ्जोत कालराले पहिलो विकेटका लागि कीर्तमानी १८० रनको साझेदारी गरेपछि भारतले सम्मानित योगफल बनाएको हो । शाले ९४ र कालराले ८६ रनको उत्कृष्ट पारी खेलेका थिए । बलिङतर्फ अष्ट्रेलियाका जेम्स एडवार्डले ९ ओभरमा ६५ रन खर्चेर ४ विकेट लिएका थिए ।

३२९ रनको विजय लक्ष्य पछ्याएको अष्ट्रेलिया ४२.५ ओभरमा २२८ रनमा समेटिएपछि भारतको १०० रनको जित निश्चित भयो । अष्ट्रेलियाका ओपनर जेम्स एडवार्डले ६३ रन बनाए पनि अन्यको प्रदर्शन कमजोर देखियो । उनले ७३ रनको पारी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed