![]()
एजेन्सी । न्युज फिडमा ठुलो परिवर्तनको घोषणा गरेको फेसबुकले केही घण्टामै अर्बौँ डलर गुमाउनुपरेको छ । शुक्रवार स्टक बजारमा उसको सेयर मूल्यमा ५ प्रतिशतसम्मको गिरावट आएको छ । जसका कारण फेसबुकले केही घण्टामै पुँजी बजारबाट करिब २.६१ लाख करोड रुपैयाँ (२५ अर्ब डलर) गुमाएको हो । फेसबुकले गत बिहीबार आफ्नो न्यूजफिड सर्भिसमा व्यापक परिवर्तन गरेको थियो । जुन फेसबुकले युजरका साथीको कन्टेन्टलाई धेरै ध्यान केन्द्रित हुने गरी परिवर्तन गरेको थियो ।
फेसबुकको न्युज फिडमा परिवर्तनको निर्णयले उसको खातामा ठुलो असर पार्ने अनुमान यसअघि नै गरिएको थियो । जुन कुराको पहिलो प्रमाण उसको स्टकमा देखियो । शुक्रवार अमेरिकी पुँजी बजार खुल्लासाथै फेसबुकको स्टकमा लगभग ६ प्रतिशतको गिरवाट देखियो । तर केही समयपछि सुधार हुँदै स्टक लगभग ४.५० प्रतिशत झरेर १७९.३० डलरमा बन्द भयो ।
स्टकमा गिरावटपछि फेसबुकको मार्केट क्याप लगभग २.६१ लाख करोड रुपैयाँ (२५अर्ब डलर) घटेर ५४.२० लाख करोड रुपैयाँ (५२१.२१ अर्ब डलर) रहन पुग्यो । तर पनि स्टकमा गिरावटका बाबजुद बजार विश्लेषकहरुले भने फेसबुकमा भएको यो परिवर्तनले कम्पनीलाई भोलिका दिनमा फाइदा नै मिल्नेछ ।
फेसबुकले आफ्नो अधिकांश आम्दानी आफ्नो प्लेटफर्ममा विज्ञापनको माध्यमबाट हासिल हुने गरेको छ ।


