Breaking News.... EverestOnlineKhabar
May 3, 2026

सरकार र डा. केसीबीचको सम्झौताप्रति त्रिबि उपकुलपति खनियाँ असन्तुष्ट, सम्भौता नमान्ने चेतावनी

Loading

काठमाडौं । त्रिभुवन बिश्वबिद्यालयका उपकुलपति डा. तीर्थ खनियाँले डा. गोविन्द केसी र सरकारबीच भएको सम्झौता नमान्ने प्रष्ट पारेका छन । डा. केसीले अनसन तोडेको केहीबेरमै उपकुलपति खनियाँले उक्त सम्झौतामा आफ्नो संलग्नता नरहेको र कार्यान्वयनमा प्रतिवद्ध समेत नरहेको बताएका हुन ।

सम्झौतामा त्रिविसँग सम्बन्धित बिषयको कुनै अर्थ नरहेको खनियाँले प्रष्ट गरेका छन । ‘त्रिवि वा त्यसका प्रतिनिधि सरकार र डा. केसी पक्षबीचको सम्झौतामा संलग्न थिएनन् र थाहा पनि दिइएन। न त त्यो सम्झौता कार्यान्वयमा हामी बाध्यकारी छौं,’ खनियाले बताए ।

सरकार र डा. केसी पक्षबीच चिकित्सा शिक्षा आयोगलाई पूर्णता दिन एक साताभित्र सिफारिस समिति गठन गर्ने, सर्वोच्च अदालतको आदेशअनुसार चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)का डीनमा जगदीशप्रसाद अग्रवाललाई निरन्तरता दिने, आइओएमको खोसिएको अधिकार फिर्ता गर्ने सम्बन्धमा पूर्व सम्झौता कार्यान्वयन गर्न त्रिविका कुलपतिले यथाशीघ्र कदम लिने, त्यसका लागि त्रिवि नियमावली संशोधन गर्न तत्काल सिनेटको विशेष बैठक बोलाउने सहमति भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed