![]()
काठमाडौं । सरकारले शुक्रबार बिहान प्रदेश प्रम्ुख र प्रदेशको अस्थायी केन्द्र तोक्ने भएको छ । यसका लागि प्रधानमन्त्री शेरबहादुर देउवाले शुक्रबार बिहान मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ ।
बालुवाटार स्रोतका अनुसार शुक्रवारको बैठकले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्ने छ । ‘प्रदेश प्रमुखको नामबारे छलफल भइरहेको छ, शुक्रवाबार बैठकले प्रमुख र अस्थायी राजधानी दुबै तोक्नेछ,’ स्रोतले भन्यो ।
यसअघि बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले यी दुबै कुरा टुंग्याउने बताइएको थियो । सरकारले प्रदेश प्रमुख र अस्थायी राजधानी तोक्न गरेको ढिलाइसँगै निर्वाचन आयोगले प्रदेश सभाको अन्तिम मतपरिणाम घोषणा गर्न पाएको छैन ।
आयोगले प्रदेश प्रमुखलाई प्रदेश सभाको मतपरिणाम बुझाउनु पर्ने संवैधानिक प्रावधान छ ।


