Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

काठमाडौं । नेपाल टेलिकमले चौथो पुस्ताको मोबाइल सेवा फोर जी विस्तार गर्न ३२ अर्ब रुपैयाँ लगानी गर्ने भएको छ । काठमाडौं र पोखराबाट सुरू गरेको सरकारी स्वामित्वको टेलिकमले देशभर एकैपटक फोरजी सेवा पुर्याउने जानकारी दिएको छ ।

सेवा विस्तारको लागि टेलिकमले नेटवर्क, विटिएस र टावर थप गर्न उक्त लगानी गर्ने भएको हो । यसको लागि विश्वव्यापीरूपमा आव्हान गरिएको टेन्डरमा भने चिनियाँ कम्पनीहरूकै बाहुल्यता रहेको छ । ३२ अर्बको अनुमानित लागत भएपनि टेन्डरबाट भने उक्त आयोजनाको लागि १७ अर्ब बराबरको मात्र प्रस्ताव भएको छ ।

एलटीइ कोर नेटवर्क र र्याम,विटिएस गरी दुई भागमा बाँडेर भएको टेन्डर आव्हानमा चिनियाँ कम्पनीहरूले बढी इच्छा देखाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed