![]()
सप्तरी ।सप्तरीसहित पूर्वी तराईमा बढेको अत्यधिक चिसो र शीतलहरका कारण प्रभावित ठाउँमा धुर्मुस–सुन्तली फाउन्डेसनले कम्बल वितरण गरेको छ ।
फाउन्डेसनले सप्तरीको तिलाठी–कोइलाडी गाउँपालिका–८ तोपास्थित मुसहर बस्ती र सोही गाउँपालिका–४ स्थित मुसहर र दलित बस्तीमा स्थानीय प्रशासनसित समन्वय गरी ब्ल्यांकेट (कम्बल) वितरण गरेको हो । तोपामा ५४ परिवार मुसहर र कोइलाडीमा ८१ परिवार मुसहर तथा अति असहाय २० परिवार गरी कुल १५५ परिवारलाई ब्ल्यांकेट वितरण गरिएको हो ।
सप्तरीमा चिसोबाट मृत्यु हुनेको संख्या २० पुगेको छ ।


