![]()
एजेन्सी । कुनै जमनाकी पोर्नस्टार बलिउडकी बोल्ड अभिनेत्री सनी लियोनले भिडियोमार्फत आफनो प्रेम प्रकट गर्न फ्यानहरुलाई चुनौती दिएकी छिन । सनीले सामाजिक सञ्जालमा भिडियो पोस्ट गर्दै जो फ्यानले यो चुनौती पूरा गर्छ त्यसले सनीसँग भिडियो कल गर्ने मौका पाउनुको साथै एउटा मोबाइल फोन पनि प्राप्त गर्ने जनाइएको छ । उक्त भिडियो पोस्टमा सनीले आफ्ना फ्यानहरूलाई तपाईंहरू कसरी भिडियो बनाउनुहुन्छ ? र ‘कसरी तपाईं भिडियोमार्फत आफ्नो प्रेमलाई प्रस्तुत गर्नुहुन्छ’ भनेर सोधेकी छिन् ।
त्यस्तै, सेन्सनल सनीको हालै तमिल फिल्म ‘वीरमादेवी’को पोस्टर रिलिज भएको छ । यो फिल्ममा सनी वीरमादेवीको मुख्य भूमिकामा रहेकी छिन् । यो फिल्मपछि आफ्नो छविमा परिवर्तन आउने सनीको दाबी छ । सनीले अहिलेसम्म बलिउडका थुप्रै फिल्ममा अभिनय गरिसकेकी छिन् । तैपनि उनको विगतको पोर्नस्टारको छवि अहिलेसम्म बलिउडका दर्शकबाट हट्न सकेको छैन । सनी बलिउडमा प्रवेश गर्नुअघि हलिउडमा पोर्न फिल्मकी चर्चित नायिका थिइन् । उनले थुप्रै पोर्न फिल्म खेलेकी छिन् ।
बलिउडमा अहिले पनि सेन्सनल र बोल्ड अभिनेत्रीकै रूपमा सनीलाई बलिउडप्रेमीहरूले चिन्ने गरेका छन् । यस्तो अवस्थामा वीरमादेवी सनीलाई उत्कृष्ट र छुट्टै पहिचान दिने सनीको विश्वास र दाबी छ ।


