![]()
काठमाडौं । १ लाख पुरस्कार राशीको इन्जिनियरिङ कप इन्डोर क्रिकेट आइतबारबाट सुरु हुने भएको छ । सिवाईएसटि र कसमस कलेज अफ म्यानेजमेन्ट एण्ड टेक्नोलोजीको आयोजना चार दिने प्रतियोगिता सुरु हुने भएको हो ।
कोटेश्वरस्थित अल्टिमेट इन्डोर क्रिकेट हलमा प्रतियोगिता हुनेछ । १६ इन्जिनियरिङ कलेजको सहभागिता हुने प्रतियोगिता इन्डोर क्रिकेटको नियम अनुसार खेलाइने छ ।
खेल १२ ओभरको हुनेछ र आउट भएवापत ५ रन घट्नेछ । ६ जना खेलाडी रहने प्रतियोगितामा प्रत्येक खेलाडीले २ ओभर बलिङ्ग गर्नुपर्ने र दुई ब्याट्सम्यानले ४ ओभर ब्याटिङ गर्नुपर्ने हुन्छ ।


