Breaking News.... EverestOnlineKhabar
May 2, 2026

पूर्वराजा ज्ञानेन्द्र र भारत उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता

Loading

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह र भारतको उत्तर प्रदेशका मुख्यमन्त्री आदित्यनाथबीच भेटवार्ता भएको छ । सुदूर तथा मध्यपश्चिमको भ्रमणमा रहेका पूर्वराजा शाह आइतबार मात्रै लखनउतर्फ गएका थिए ।

भेटघाटमा भएको कुराकानीको बारेमा केही जानकारी नदिइए पनि मुख्यमन्त्री योगी आदित्यनाथले ज्ञानेन्द्रसँगको तस्बिर सामाजिक सञ्जालमा ‘पोष्ट’ गरेका छन् ।

तीनवटा फोटो सामाजिक सञ्जालमा शेयर गर्दै योगीले लखनउस्थित सरकारी निवासमा नेपालका पूर्वराजा ज्ञानेन्द्र वीर विक्रम शाहसँग भेट गरेर दोसल्ला ओढाएर कुम्भको लोगो प्रदान गरिएको उल्लेख गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed