Breaking News.... EverestOnlineKhabar
May 2, 2026

अष्ट्रेलियाद्वारा इङल्याण्डबिरुद्धको ५ म्याचको टेष्ट क्रिकेट शृखंला ४–० ले कब्जा

Loading

एजेन्सी । अष्ट्रेलियाले इङल्याण्डबिरुद्धको पाँच म्याचको टेष्ट क्रिकेट शृखंला ४–० ले कब्जा गरेको छ । अन्तिम तथा पाँचौ टेस्टमा इंग्ल्याण्डलाई एक इनिङ्स र १ सय २३ रनले पराजित गर्दै अष्ट्रेलियाले शृखंला कब्जा गरेको हो ।

टेस्टको अन्तिम दिन इंग्ल्याण्ड १ सय ८० रनमा अलआउट भयो । कप्तान जो रुट बिमारीका कारण लन्चपछि ब्याटिङ गर्न नसक्दा इंग्ल्याण्ड समस्यामा परेको थियो । टोलीका लागि जोनी बेरस्टोले ३८ तथा टम करानले अविजित २३ रन जोडे । अस्ट्रेलियाका लागि प्याट कमिन्सले ४, नाथन लायनले ३ तथा मिचेल स्टार्क र जोश हेजलवुडले १–१ विकेट लिए ।

कुल ८ विकेट लिएका कमिन्स म्यान अफ द म्याच हुँदा कप्तान स्टिभ स्मिथ प्लेयर अफ द सिरिज भए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed