Breaking News.... EverestOnlineKhabar
April 30, 2026

Loading

नेपालगञ्ज । सुदूर तथा मध्यपश्चिमको भ्रमणमा रहेका पूर्वराजा ज्ञानेन्द्र शाह भारतको लखनउ प्रस्थान गरेका छन ।
पूर्वराजा शाह आफनो ‘सामाजिक’ भ्रमणमा लखनऊ प्रस्थान गरेको उहाँको सचिवालयले जनाएको छ । आइतबार बिहान साढे दश बजे पूर्वराजा, पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही र उनका पति मोहन शाही लखनऊ प्रस्थान गरेका हुन् ।

पूर्वराजाका सचिवालयले लखनउ यात्रालाई ‘घुमफिर’ भनेको छ। चार दिने लखनउ भ्रमणमा राजाले क–कसलाई भेट र के गर्छन् भन्ने खुलाइएको छैन ।  पूर्वराजाको लखनउ भ्रमणलाई घुमफिर र निजी भ्रमण भनिए पनि राजनीतिक भेटघाट हुन सक्ने अनुमान गरिएको छ ।
उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ धर्मकर्ममा बढी जोड दिने व्यक्तित्व भएकाले पूर्वराजासँग उनको भेट हुन सक्ने जनाइएको छ ।

नेपालका शाहवंशीय राजाहरु गोरखनाथको उपासक रहेको र मुख्यमन्त्री आदित्यनाथ गोरखनाथ पीठका प्रमुख भएकाले उनीहरुको बीच भेट हुन सक्ने बुझिएको छ । योगी नेपालमा राजसंस्थासहित मुलुकको हिन्दुराष्ट हैसियत पुनस्थापित हुनु पर्ने बारे खुलेर लागेका छन ।
पूर्वराजपरिवार जमुनाहा पुग्ने बित्तिकै भारतीय प्रहरीले स्कटिङ गरेको थियो । पूर्वराजा २७ गते नेपालगञ्ज फर्किने तालिका छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed