Breaking News.... EverestOnlineKhabar
May 2, 2026

आफनोबिरुद्धमा लेखिएको पुस्तकलाई ट्रम्पले भने- ‘ कल्पनामा आधारित पुस्तक’

Loading

बिबिसि । अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूलाई अस्थिर र असक्षम भनेर आरोप लगाउने एउटा पुस्तक कल्पनामा आधारित भएको भन्दै आफू राष्ट्रपति पद सम्हाल्न सक्षम रहेको बताएका छन् ।

माइकल वूल्फद्वारा लिखित पुस्तकमा राष्ट्रपतिका निकट सल्लाहकारले समेत राष्ट्रपति पदका लागि उनी योग्य रहेकोबारे प्रश्न गर्ने गरेको उल्लेख गरिएको छ । ताजा विवादले सन् २०१८ मा रिपब्लिकन पार्टीले उठाउने मुद्दाबारेका वार्तालाई छायामा पारिदिएको छ । उनले पुस्तकका लेखकलाई धोकेबाजको संज्ञा दिए ।

पार्टीका वरिष्ठ नेताहरूसँगको बैठकपछि क्याम्प डेविडमा आयोजित पत्रकार सम्मेलनमा उनले वूल्फद्वारा लिखित पुस्तकका विवरण काल्पनिक भएको बताए । साथै उनले आफू विश्वका उत्कृष्ट विश्वविद्यालयमा गएको र टेलिभिजनमा व्यापक सफल भएको बताएका छन् । उनले रूससँग साठगाँठ भएको भन्ने आरोपको पुनः प्रतिवाद गरेका छन् ।

यसअघि श्रृखंलाबद्ध ट्विटर सन्देशहरूमा उनले आफू स्थिर र प्रतिभाशाली व्यक्ति भएको बताएका थिए । उनले रुसले चुनावमा हस्तक्षेप गरेको भनिएका आरोप पूर्ण रुपमा गलत भएको थाहा पाएर डेमोक्र्याटहरुले आफ्नो मानसिक स्थिरतामाथि प्रश्न उठाइरहेको जनाए।
ट्रम्पका वकिलले फायर एण्ड फ्युरी नामक उक्त पुस्तकको प्रकाशन रोक्न खोजेका थिए । शुक्रवार सार्वजनिक गरिएको उक्त पुस्तक अहिले सर्वाधिक विक्री हुने किताब बन्न पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed