Breaking News.... EverestOnlineKhabar
May 2, 2026

सरकारले सोमबार प्रदेश प्रमुख तोक्छ : कानुन मन्त्री

Loading

काठमाडौं । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री यज्ञबहादुर थापाले सरकारले सोमबार प्रदेश प्रमुख तोक्ने जनाउनु भएको छ ।सोमबार बस्ने मन्त्रिपरिषद बैठकले सबै प्रदेश प्रमुख तोक्ने उहाँले बताउनुभयो ।

आईतबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री थापाले प्रशासनिक र कानुनी क्षेत्रमा उल्लेख्य योगदान दिएका र स्वतन्त्र पहिचान बनाएकाहरुलाई प्रदेश प्रमुख बनाउन सरकार लागि परेको जानकारी दिनुभयो ।

मन्त्री थापाले प्रदेशको राजधानी भने सरकारले तोक्न नमिल्ने बताउनुभयो । संविधानले प्रदेशसभालाई नै प्रदेशको राजधानी तोक्ने अधिकार दिएकाले सरकार अस्थायी राजधानी तोकेर अघि बढने पक्षमा नरहेको उहाँले प्रष्ट पार्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed