![]()
काठमाडौ,पुस ।
काठमाडौंमा आइतबार यसवर्षकै सबैभन्दा धेरै चिसो भएको छ । आइतबार बिहान तापक्रम शून्य डिग्री सेल्सियसमा झरेको छ । यसअघि शुक्रबार तापक्रम एक दशमलव ५ डिग्री मापन गरिएको थियो । पश्चिमी वायुको प्रभावसँगै भारतको जम्मु काश्मिर हुँदै हिमाल माथिबाट हावा आएकाले चिसो बढेको मौसमविद्ले जनाएका छन् ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रमको विगतको अवस्थालाई हेर्दा अहिलेसम्म माइनस तीन डिग्रीभन्दा तल झरेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार सन् १९९८ जनवरी ११ को दिन हालसम्मकै सबैभन्दा कम न्यूनतम तापक्रम माइनस तीन दशमलव पाँच डिग्रीसेल्सियस पुगेको थियो ।
अघिल्लो वर्ष सन् २०१७ को जनवरी १४ मा ० दशमलव ४ डिग्रिसेल्सियस तापक्रम रेकर्ड भएको थियो ।विगतको अवस्थालाई हेर्दा यो पटक न्यूनतम तापक्रम अझै घट्ने मौसमविद्को भनाइ छ ।


