![]()
काठमाडौ,पुस ।
सरकारले भोली(सोमबार) बस्ने मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुखको नियुक्ति गर्ने तयारी गरेको छ । कानुनमन्त्री यज्ञबहादुर थापाले सोमबारको मन्त्रिपरिषद्को बैठकबाट प्रदेश प्रमुख नियुक्त हुने बताएका छन् । सरकारले प्रदेश प्रमुख तोकेर प्रादेशिक सरकार प्रमुखको शपथ गराउने तयारी गरेको छ ।
राजनीतिक दलबीच सहमति भएन भने प्रदेशको अस्थायी राजधानी पनि अहिले नतोक्ने मनस्थितिमा सरकार रहेको कानुनमन्त्री थापाले जानकारी दिए । संविधानअनुसार प्रदेश प्रमुखलाई राष्ट्रपतिले शपथ गराउने तथा प्रमुखले प्रदेशका ज्येष्ठ सांसदलाई र प्रदेश सांसदलाई शपथ खुवाउने कार्य राजधानीमै हुनसक्ने जानकारी पनि कानुनमन्त्रीले दिएका छन् ।
तर, नेकपा एमालेले भने यस विषयमा सहमति नजनाउने लक्षण देखाएको छ । एमालेका नेता तथा पूर्वमन्त्री अग्नि खरेलले संविधानसम्मत काम गर्न सरकारलाई दलीय सहमति नचाहिने तर्क गरेर अहिलेको यो विवादबाट एमाले अलग बस्न चाहेको संकेत गरेका छन् ।


