![]()
बिबिसि । अफगानिस्तानका सुरक्षाकर्मीहरुको कारबाहीमा परी २० जना भन्दा बढी इस्लामिक स्टेट (आइएस) का लडाकू मारिएका छन् । मारिएकाहरु मध्येमा दुई जना आइएसका कमाण्डर नै रहेका छन ।
पुर्वी प्रान्त लाघमनमा लुकेर बसेका लडाकूहरुलाई लक्ष्यगरी गरिएको कारबाहीका क्रममा उनीहरु मारिएका हुन । अफगानिस्तानको सुरक्षाफौजले अलिनेगर जिल्लाको नुर्लाम उपत्यकामा लुकेर बसेका आइएस लडाकूहरुलाई लक्ष्य गरेर हवाई आक्रमण गरेको थियो।
आक्रमणमा परी मारिनेमा मावलावी तुराब र मुसा खान नामका दुई जना कमाण्डर लडाकू पनि रहेका छन् । उनीहरुले सो क्षेत्रमा आइएस संगठनको नेतृत्व गर्दै आएका थिए ।


