Breaking News.... EverestOnlineKhabar
May 2, 2026

Loading

जाजरकोट । जाजरकोटको विकट गाउँमा फैलिएको रुघाखोकी र भइरल ज्वरोका कारण ५ बालबालिकासहित ९ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेहरूमा ५ बालबालिका र ४ जना अन्य रहेको स्वास्थ्य चौकी बड्कुले जनाएको छ । मृत्यु हुने मध्य केही दीर्घरोगी रहेको र उनीहरूको रुघा खोकी र भाइरल ज्वरोले केही दिन थलिएर ज्यान गएको चौकीले जनाएको छ ।

जुनीचाँदे गाँउपालिका २ मजकोटकी ६५ वर्षीया धनसरा नाथ, आइती दिरुवा र ७५ वर्षीय सतरुप शाही, वडा नम्वर २ स्यालाका ५२ वर्षीय करसिंह टमाटा र अन्य नाम नखुलेका ५ बालबालिकाको ज्यान गएको छ । टमाटाको पुस १० गते, नाथको १९ गते, शाहीको पुस १५ गते ज्यान गएको सिंहले बताए ।

स्वाथ्यचौकी बड्कुलेमा दैनिक रुपमा ६० भन्दा बढी बिरामीहरू आउने गरेको र अहिले सो संख्या बढ्दै गएको छ । रोग प्रभावित क्षेत्रमा पुगेको जिल्ला जनस्वास्थ्य कार्यालयको टोलीले रोगको कारण पत्ता लगाई उपचारको प्रयास गरिरहेको छ । भौगोलिक विकटताका कारण रोग प्रभावित क्षेत्रमा पुग्न समस्या भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed