Breaking News.... EverestOnlineKhabar
May 1, 2026

सेन्सर बोर्डले पास गरेपनि करनी सेनाले लीला भन्सालीको ‘पद्यमावती’ रिलिज हुन नदिने

Loading

एजेन्सी । सेन्सर बोर्ड र पद्मावतीका निर्माताबीच सहमति भए पनि त्यसलाई करनी सेनाले बहिस्कार गर्ने भएको छ । फिल्म रिलिज भयो भने त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेबारी सरकारले लिनुपर्ने भन्दै सेनाले चेतावनी दिएको छ ।

सञ्जय लीला भन्सालीको फिल्म निर्माण आरम्भदेखि नै सुरु भएको विवाद सेन्सर बोर्डले पास गर्दासम्म कायमै छ । फिल्म रिलिज हुने हो भने बन्दसम्मका कार्यक्रम ल्याउने तयारी करनी सेनाले गरेको छ ।

सरकार र फिल्म मेकरलाई खुला चेतावनीपत्र लेख्दै राजपुत करनी सेनाका अध्यक्ष सुकदे सिंह गोगामेदीले ’केही भएमा भारतीय जनता पार्टीको सरकार र सेन्सर बोर्ड जिम्मेबार रहने’ भनेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed