Breaking News.... EverestOnlineKhabar
May 1, 2026

सरकारले प्रदेशको राजधानी तोकेको छैन : प्रवक्ता कार्की

Loading

काठमाडौं । सरकारका प्रवक्ता एवम अर्थमन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले सरकारले कुनै पनि प्रदेशको राजधानी नतोकेको स्पष्ट पार्नुभएको छ ।

पछिल्लो समय प्रदेशको राजधानी तोक्ने विषयलाई लिएर मुलुकका विभिन्न स्थानमा विरोध, धर्ना तथा आन्दोलन भईरहेका बेला सरकारका मन्त्री कार्कीले त्यस्तो निर्णय नभएको स्पष्ट पार्नुभएको हो ।

धनकुटा काठमाडौ सम्पर्क समितिले राजधानीमा गरेको कार्यक्रममा बोल्दै अर्थमन्त्री कार्कीले प्रदेशसभालाई नै प्रदेशको राजधानी तोक्ने अधिकार रहेको भन्दै अस्थायी राजधानी तोक्ने विषयलाई लिएर आन्दोलन नगर्न आग्रह गर्नुभयो ।

नेपाली कांग्रेसका केन्द्रीय सदस्य समेत रहनु भएका मन्त्री कार्कीले निर्वाचन गराएर कांग्रेसले संक्रमणकाल अन्त्य गर्दै मुलुकलाई सम्वृद्धिको बाटोमा अग्रसर गराएको दाबी गर्नुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed