![]()
इलाम । पूर्व प्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनाल आफना पीता पुंगनाथ खनालको शतवाषिर्कीमा सरिक हुनु भएको छ ।
नेता खनाल गृह जिल्ला इलामको साकेजुङमा आयोजित पिताको शतबाषिर्की कार्यक्रममा सरिक हुनु भएका हहो ।
सो अवसरमा खनालले आफ्नो स्वामित्वको जग्गा र नजिकैको पोलिटेक्निकल इन्टिच्युटमा ‘जिंको बाइलोबा’ जातको रुख रोपेर पीताप्रति श्रद्धाञ्जली अर्पण गर्नुभयो । समारोहमा पूर्व प्रधानमन्त्री खनालले समाजका जेष्ठ नागरिकका साथै समाज सेवामा प्रतिबद्ध बिभिन्न व्यक्तिलाई सम्मान गर्नुभयो ।
वृक्षरोपण कार्यक्रमपछि बोल्दै नेता खनालले पद प्राप्तका लागि आफू कुनै लबिङमा नलाग्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो, ‘ म मलाई राष्ट्रपति बनाइदिनु र्पयो भन्ने लबिङ गर्ने पक्षमा छैन ।’

वामगठबन्धन जनअनुमोदित भइसकेको भन्दै नेता खनालले एमाले र माओवादीको एकतालाई अब कसैले रोक्न नसक्ने दाबी गर्नुभयो ।
पार्टी नै एकीकरण नै हुने भएकाले को प्रधानमन्त्री ? को पार्टी अध्यक्ष भन्ने गौण भएको उहाँले बताउनुभयो । पार्टी नबुझेका बाहिरियाहरुले अनावश्यक हल्ला मच्चाएको भन्दै उहाँले कुन पार्टीको अध्यक्ष, प्रधानमन्त्री भन्ने कुरा अर्थहीन भएको टिप्पणी गर्नुभयो ।
उहाँले भन्नुभयो, ‘उपयुक्त पदमा उपयुक्त व्यक्तिलाई जिम्मेवारी दिन्छौं ।’


