Breaking News.... EverestOnlineKhabar
May 1, 2026

उत्तर कोरियाले आफ्नै शहरमा मिसाइल खसालेपछि……

Loading

एजेन्सी,पुस ।
मिसाइल परीक्षण गर्ने क्रममा केही प्राविधिक गल्तीका कारण सो मिसाइल उत्तर कोरियाको आफ्नै शहरमा खसेर विस्फोट भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले बताएका छन् ।स्याटलाइटले लिएको तस्बिरहरुले यो कुराको पुष्टि भएको अमेरिकी अधिकारीहरुले दाबी गरेका हुन् । परीक्षण असफल भएपछि घना वस्ती भएको टोकछानमा गएर सो मिसाइल बिस्फोट भएको बताइएको छ ।
गतवर्षको अप्रिलमा परीक्षण गरिएको मध्यम रेन्जको सो मिसाइलले टोकछानका औद्योगिक भवनहरु लगायत कृषि क्षेत्रमा असर गरेको हुन सक्ने बताइएको छ । यसले पुर्याएको मानवीय र अन्य क्षतिबारे भने कुनै खुलासा गरिएको छैन । जापानी समुद्रको उत्तरतर्फ लक्षित गरी प्रहार गरिएको सो मिसाइलको भित्री इन्जिनमा खराबी आएपछि ५० मिनेट आकाशमा उडेर मिसाइल टोकछानमा खस्न पुगेको थियो ।
उडान भरेको एक मिनेटपछि नै इन्जिनमा समस्या देखिएकाले सो दुर्घटना घटेको द डिप्लोम्याटले बताएको हो । सो रकेट पुकछाङ हवाई क्षेत्रमा लन्च गरिएको थियो जहाँ यसअघि कुनै मिसाइल परीक्षण गरिएको थिएन । त्यसपछि यसको एक महिनामै किमले अर्को मिसाइलको सफल परीक्षण गरेर देखाएका थिए ।
तरपनि यस घटनापछि उत्तर कोरियाली आणविक हतियारहरु असुरक्षित भएको प्रमाणित भएकाले सानो गल्तीका कारणले पनि युद्ध सुरु हुन सक्नेमा चिन्ता व्यक्त गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed