Breaking News.... EverestOnlineKhabar
May 1, 2026

भारत सरकारद्वारा केन्यामा बन्दी बनाइएका सात नेपाली महिलाको उद्दार

Loading

एजेन्सी । केन्यामा मानव तस्करीमा संलग्न गिरोहले बन्दी बनाएका १० जना महिलालाई भारत सरकारले उद्धार गरेको छ ।
भारतीय विदेशमन्त्री शुष्मा स्वराजका अनुसार उद्धार गरिएका १० मध्ये सात नेपाली र तीन भारतीय महिला रहेको स्वराजले आफ्नो ट्वीटमार्फत जानकारी दिएकी छिन् ।

उनका अनुसार उद्दार गरिएका महिलाहरुलाई भारत लगिदैछ र उनीहरुको तस्करीमा पञ्जावका ‘एजेण्ट’हरु सामेल भएकोले उनीहरुमाथि कारबाही गर्न त्यहाँको राज्य सरकारलाई निर्देशन दिइएको छ ।

घटना सम्बन्धि विस्तृत विवरण राज्य सरकारलाई दिइने पनि स्वराजले जनाएकी छन्। संगठित मानव तस्कर समूहको फन्दामा परी लगिएका ती महिलालाई केन्याको मोम्बासा सहरमा बन्दी बनाइको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed