Breaking News.... EverestOnlineKhabar
May 1, 2026

मूल्यबृद्धिको बिरोधमा बामगठवन्धनका बिद्यार्थीहरुले आयल निगम घेरे

Loading

काठमाडौं । कुनै समय नेपाल आयल निगमले स्वचालित मूल्य प्रणाली लागु गरेकोमा धन्यवाद दिने बिद्यार्थी संगठनहरु अहिले आफै आन्दोलित भएका छन ।

नेपाल आयल निगमले स्वचालित प्रणाली अनुसार पेट्रोलियम पदार्थको मूल्य निर्धारण गर्ने गरेको भएपनि बिद्यार्थी संगठनहरुले भने मनोमानी गरेको भन्दै सरकार र निगमबिरुद्ध आन्दोलन छेडेका छन । स्वचालित प्रणाली अनुसार अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढ्दा बढ्ने र घट्दा घटने हुन्छ । पछिल्लो समय अन्तर्राष्ट्रिय बजारमै इन्धनको भाउ बढेपछि निगमले पनि मूल्य समायोजन गरेको थियो ।

बाम गठबन्धनमा आवद्ध युवा, विद्यार्थी संगठनले पेट्रोलियम पदार्थको मूल्य वृद्धि तत्काल फिर्ता लिन माग गर्दै काठमाडौंको बबरमहलस्थित निगम कार्यालय घेराउ गरेका हुन् ।

त्यस क्रममा उनीहरुले पूर्व सहमति अनुसार विद्यार्थीहरुलाई सहुलियत दरमा खाना पकाउने ग्यास उपलब्ध गराउन जोडदार माग गर्दै निगम व्यवस्थापन समक्ष ज्ञापन पत्र समेत बुझाएका छन् । हचुवाको भरमा पेट्रोलियम पदार्थमा गरिएको मूल्य वृद्धि तत्काल खारेज नगरे थप कडा कदम चाल्ने चेतावनी उनीहरुले दिएका छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed