![]()
काठमाडौं । नेपालले आगामी फेब्रुअरीमा आयोजना हुने आईसीसी डिभिजन–२ क्रिकेटको लागि प्रारम्भिक चरणमा २१ खेलाडी छनोट गरेको छ । नामिबियामा हुने डिभिजन–२ का लागि खेलाडी छनोट समितिले पहिलो चरणमा २१ खेलाडी छनोट गरेको हो ।
नेपाली टोलीका विकेट किपर ब्याट्सम्यान विनोद भण्डारी, ब्याट्सम्यान सागर पुन र मेहबुब आलम टिममा पर्न सकेनन । प्रारम्भिक चरणमा रोहित कुमार पौडेलले स्थान बनाएका छन् । अन्य सदस्यहरु भने पुरानै छन ।
नेपालले आगामी फेब्रुवरी ६ देखि १६ सम्म हुने नामिबियामा डिभिजन–२ क्रिकेट खेल्दैछ । विश्व क्रिकेट लिग च्याम्पियनसिपको शिर्ष चारमा नपुगेपछि नेपाल डिभिजन–२ मा घटुवा भएको थियो । डिभिजन–२ मा नेपालसहित क्यानाडा, ओमान, नामिबिया, युएई र केन्याले प्रतिस्पर्धा गर्नेछन् ।
डिभिजन–२ को शीर्ष दुई स्थानमा रहने टोलीले २०१८ मार्चमा हुने विश्वकप छनोटमा स्थान बनाउनेछन् भने पाँचौँ र छैटौँ स्थानमा रहने दुई टोली भने डिभिजन थ्री मा घटुवा हुनेछन् ।
पहिलो चरणमा छनोट भएका खेलाडी यस्ता छन :
पारस खड्का
अनिल कुमार साह
वसन्त रेग्मी
दिलिप नाथ
दिपेन्द्र सिंह एरी
दिपेश श्रेष्ठ
ज्ञानेन्द्र मल्ल
करण केसी
किशोर महतो
ललित भण्डारी
ललित नारायण राजवंशी
आरिफ शेख
रोहित कुमार पौडेल
राशिद खान
सन्दिप लामिछाने
शक्ति प्रसाद गौचन
शरद भेषवाकर
सिधान्त लोहनी
सोमपाल कामी
सुनिल धमला
सुशन भारी


