Breaking News.... EverestOnlineKhabar
March 12, 2026

काठमाडौं ६ मा मेरो जित सुनिश्चित छ, चुनावी अभियान सुरु गरिसके : हिमाल शर्मा (अन्तर्वार्तासहित)

Loading

काठमाडौं । नेकपा माओवादी केन्द्रका पोलिटव्युरो सदस्य एवम आउँदो प्रतिनिधिशभा निर्वाचनका लागि काठमाडौं निर्वाचन क्षेत्र नम्बर ६ बाट सिफारिस युवा नेता हिमाल शर्माले आफनो जित सुनिश्चित भएको दावी गर्नुभएको छ ।

हिमालय टेलिभिजनको बिहानी कार्यक्रम समय सन्दर्भ कुराकानी गर्दै नेता शर्माले सो निर्वाचन क्षेत्रमा बामपन्थी मत बढी भएको, ०७० सालदेखि सो क्षेत्रमा आफूले सक्रियतापूर्वक काम गरिरहेको, स्थानीय जनताको सुख दुःखमा साथ रहेको, एमालेसंगको गठवन्धनपछि सो क्षेत्रका लोकप्रिय एमाले नेता योगेश भट्टराई ताप्लेजुङबाट चुनाव लडने भएपछि त्यो जनमत पनि आफूसंग रहेको, कांग्रेस प्रतिनिधिले जनताको चाहना अनुसार काम गर्न नसकेको लगायतका कारणले आफनो जित सुनिश्चित रहेको बताउनुभयो ।

नेता शर्माले सो क्षेत्रबाट ०७० सालमा आफूले थोरै मतले हार बेहोर्नु परेपनि जनताको मन जित्न भने आफू सफल भएको उल्लेख गर्नुभयो । हारपछि पनि निरन्तर रुपमा सो क्षेत्रको विकास र जनताको सुखदुःखमा आफू साथ रहेकाले यो पटक जितको आधार तयार भएको उहाँले बताउनुभयो ।
राष्ट्रिय राजनीतिमाथि टिप्पणी गर्दै नेता शर्माले कात्तिक ५ गतेसम्म माओवादी मन्त्रीहरु बिना बिभागियका रुपमा भएपनि बस्ने र निर्वाचनको सुनिश्चितता भएपछि राजीनामा दिने जानकारी दिनुभयो । उहाँले बामपन्थी गठवन्धनको एउटै लक्ष्य भनेको दुई तिहाइ मत ल्याएर प्रत्यक्ष निर्वाचित कार्यकारीको व्यवस्थासहितको संविधान संशोधन गर्ने र मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजानु रहेको उल्लेख गर्नुभयो ।

नेता शर्माले बामपन्थी गठवन्धन फुटाउन राष्ट्रिय अन्तर्राष्ट्रिय चलखेल ब्यापक रुपमा सुरु भएकोसमेत बताउनुभयो । खासगरी भारत, अमेरिका र पश्चिमा शक्तिहरु बामपन्थी गठवन्धनबाट तिल्मिलाएकाले षडयन्त्रमा लागेको उहाँको दावी छ । बामपन्थी गठवन्धनमा आएर पनि पुनः फर्र्किएका नेता डा.बाबुराम भट्टराई यीनै शक्तिहरुको चेपुवामा परेको उहाँले बताउनुभयो । शर्माले भन्नुभयो, ‘बाबुराम स्वतन्त्र छैनन भन्ने कुरा यसबाट पनि पुष्टि हुन्छ । ’

उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड मात्रै राष्ट्रिय राजनीतिमा अनेक बिकल्प दिनसक्ने नेता भएकाले बाटो बिराएर गएका मोहन बैद्य, बाबुराम र नेत्रबिक्रम चन्दको समूह पनि चाँडै गठवन्धनमा फर्कने बिश्वास व्यक्त गर्नुभयो ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.