Breaking News.... EverestOnlineKhabar
June 30, 2026

Loading

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) प्रकाश अर्यालले बिजयादशमीको दोस्रो दिन आइतबार प्रहरीहरुलाई टीका लगाइदिनुभएको छ ।
प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमै अर्यालले टीका र जमरा प्रदान गर्नुभएको हो । टीका लगाउन प्रहरी अधिकृत तथा जवानलाई लामबद्ध भएका थिए ।

आईजीपीले हरेक वर्ष विजयादशमीमा प्रहरी अधिकृत तथा जवान र प्रहरी परिवारलाई टीका लगाइदिने चलन छ । आईजीपी अर्यालले सबै प्रहरी परिवारलाई टीका जमरा लगाउँदै दक्षिणा समेत दिए ।

आईजीपी अर्यालसँगै नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष सीमा अर्यालले पनि सबै अधिकृत तथा जवानलाई टीका लगाइदिएकी थिइन् ।
यस्तै, प्रहरी आयुक्त अतिरिक्त प्रहरी महानिरीक्षक जयबहादुर चन्दले पनि आफू भन्दा तल्लो तहका प्रहरीलाई दशैंको टीका जमरा लगाइदिएका छन् । चन्दले छुट्टै टीका कार्यक्रम गरी प्रहरीलाई टीका लगाई दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed