Breaking News.... EverestOnlineKhabar
February 8, 2026

रुसी सैनिकको कारबाहीमा आइएस प्रमुख मारिएको आशंका

Loading

एजेन्सी,३ असार ।
रुसको सैनिकले सिरियामा इस्लामिक स्टेटको बैठकमा आक्रमण गरेको र त्यसमा मारिएका व्यक्तिमा आइएस प्रमुख पनि परेको आशंका गरिएको छ । रुसी सैनिककाअनुसार गत मे २८ मा सो हमला गरिएको थियो र त्यसमा परी आइएसका प्रमुख मारिएको आशंका छ ।
त्यस बैठकमा हमला हुँदा कैयौं मारिएको उसले जनाएको छ । तर, त्यसमा आइएसका नेता मारिएका हुन् या होइनन् भन्नेबारेमा प्रमाणित गर्ने प्रक्रिया सुरु भएको रुसी सेनाले जनाएको छ ।रुसी सैनिकद्वारा जारी सो विज्ञप्तिमा उक्त सेनाले उक्त कारबाही गत मे २८ मा सिरियामा आइएसको पकड रहेको भनिएको रक्वा सहरमा गरेको थियो ।
सो सहरमा आइएसको बैठक बसेको र त्यहाँ आइएसका प्रमुख नेताको पनि सहभागिता रहेको सूचनाका आधारमा सो कारबाही गरिएको सेनाको भनाइ छ । सो बैठकमा अबु बाकर अल बग्दादी पनि सहभागी भएको सूचनाको आधारमा कारबाही गरिएको थियो ।
त्यहाँ मारिएका हतियारधारीमा आइएस प्रमुख बग्दादी पनि परेको समाचार यसअघि नै आएको थियो । तर, पुष्टि भने भएको थिएन । रुसी सेनाले भनेको छः‘पुष्टि त अहिले पनि भइसकेको छैन, तर हामी मारिएका व्यक्तिको पुष्टि गर्नेक्रममा छौं । उनी मारिएको सम्भावना अत्यधिक हामीले देखेका छौं ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.