![]()
काठमाडौ,जेठ ।
पूर्वी भेगका एकदुई ठाउँमा शनिबार ठूलो पानी पर्ने मौसमविदले बताएका छन् । देशका धेरै ठाउँमा हल्का र पूर्वी भेगमा भने ठूलो पानी पर्ने अनुमान गरिएको मौसमविद् जनाएका छन् । मौसमविद्का अनुसार पूर्वबाट मनसुन भित्रने क्रममा रहेकाले त्यसक्षेत्रमा ठूलो पानी पर्ने अनुमान छ । सामान्यतया जुन १० तारिखमा नेपालमा मनसुन भित्रन्छ । यो वर्ष गएका वर्षहरुमा भन्दा केही दिन अघि नै मनसुन भित्रने अनुमान गरिएको थियो । तर आवश्यकता अनुसारको जलवाष्पयुक्त हावा नेपालमा नआउँदा मनसुन घोषणा गर्न नसकिएको मौसमविद्को भनाई छ । शनिबार बेलुकासम्ममा मनसुन भित्रने संभावना छ ।
सामान्य अवस्थामा जुन १० मा मनसुन भित्रनु पर्ने भएपनि सन् २००९ देखि लगातार २–४ दिन ढिला गरी मनसुन भित्रिएको छ ।


