![]()
काठमाडौ,जेठ ।
बजारमा नक्कली नोट भेटिन थालेको भन्दै सचेत हुन नेपाल राष्ट्र बैंकले आग्रह गरेको छ । देशका विभिन्न ठाउँमा पाँच सय र हजार रुपैयाँको नक्कली नोट भेटिएको भन्दै राष्ट्र बैंकले सचेत हुन आग्रह गरेको हो । बैंकले सार्वजनिक सूचना निकालेर नक्कली नोटको कारोबार गम्भीर अपराध र ठगी भएको भन्दै सुरक्षित र भरपर्दो वातावरणमा मात्र नगद कारोबार गर्न पनि अपिल गरेको छ ।
यस्तै नक्कली नोटसम्बन्धी कुनै पनि शंकास्पद गतिविधि देखिए तत्काल जिल्ला प्रशासन लगायत सुरक्षा निकायमा जानकारी गराउन पनि अनुरोध गरेको छ । सक्कली नोटको कागजको गुणस्तर स्तरीय, खस्रो र हल्लाउँदा कडकड आवाज आउने हुन्छ ।
यसैगरी नोटको अगाडिको भागको दायाँतर्फ खाली ठाउँमा लालीगुराँस फूलको स्पष्ट छाप हुन्छ । नोटको बिच भागमा सुरक्षण धागो रहन्छ, त्यसमा सानो अक्षरमा एनआरबीले खिएको हुन्छ, सुरक्षण धागो कागजमै बुनिएको हुन्छ, माथिबाट टाँसिएको हुँदैन । नोटमा लेखिएका अक्षरलाई सुरक्षण धागोले छोपेको वा ढाकेको हुँदैन ।


