Breaking News.... EverestOnlineKhabar
April 12, 2026

च्याम्पियन्स ट्रफी क्रिकेटः न्युजिल्याण्ड प्रतियोगिताबाट बाहिरियो

Loading

एजेन्सी,२७ जेठ ।
न्युजिल्याण्ड आइसिसी च्याम्पियन्स ट्रफी क्रिकेट प्रतियोगिताबाट बाहिरिएको छ । शुक्रबार राति भएको खेलमा बंगलादेशसँग ५ विकेटले पराजित भएसँगै न्युजिल्याण्ड पहिलो चरणबाटै घर फर्किने भएको हो । न्युजिल्याण्डले दिएको २ सय ६६ रनको लक्ष्य बंगलादेशले १६ बल बाँकी छँदै ५ विकेट गुमाएर पूरा गर्‍यो । ३३ रन बनाउन ४ विकेट गुमाएको बंगलादेशलाई सकिब अल हसन र मेहमुदुल्लाहको शतकीय पारी खेल्दै जिताए । सकिबले १ सय १४ रन बनाए भने मेहमदुल्लाह १ सय २ रनमा नटआउट रहे । उनीहरुले पाँचौ विकेटका लागि २ सय २४ रनको साझेदारी गरे ।
न्युजिल्याण्डका टिम साउथीले ३ विकेट लिए । पहिले ब्याटिङ गरेको न्युजिल्याण्डका रोश टेलरले ६३ र केन विलियम्सनले ५७ रनको योगदान गरे । नतिजासँगै बंगलादेशको अघिल्लो चरण पुग्ने सम्भावना कायमै छ । यो समूहका अष्ट्रेलिया र इंग्ल्याण्ड शनिबार खेल्दैछन् । आजको खेलमा इग्ल्याण्ड विजयी भए बंगलादेश अघिल्लो चरणमा पुग्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed