Breaking News.... EverestOnlineKhabar
March 13, 2026

तारकेश्वर–१ मा एमाले उम्मेदवार विजयी

Loading

काठमाडौं, जेठ २ । तारकेश्वर नगरपालिका– १ मा वडाध्यक्षसहित नेकपा एमाले विजयी भएको छ ।

एमालेका विदुर सापकोटाले ८३९ र उनका निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका रमेशमान सिंह कुँवरले ६७७ मत प्राप्त गरेको निर्वाचन आयोगले जनाएको छ ।

नेकपा माओवादी केन्द्रका भरत भट्टले २८५ मत प्राप्त गरेका थिए ।

नगरका निर्वाचन अधिकृत निर्मला योङ्याकाअनुसार नगरपालिकाका वडा नम्बर–२ र वडा नम्बर–३ को मतगणना जारी छ ।

त्यसैगरी, नगरपालिका प्रमुखमा एमालेका रामेश्वर बोहराले ७८७, कांग्रेसका श्रीराम थापाले ६६६, माओवादी केन्द्रका धनलाल महर्जनले ३०२, राप्रपाका राजकुमार खड्काले ५३ र नयाँ शक्ति पार्टीका वासुदेव फुयाँलले १० मत प्राप्त गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.