Breaking News.... EverestOnlineKhabar
March 14, 2026

मतदाता परिचयपत्रमा त्रुटी, निर्वाचन आयोगको यस्तो गल्ती…..?

Loading

काठमाडौ,बैशाख ।
आइतबार हुने स्थानीय तह निर्वाचनका लागि वितरण गरिएको मतदाता परिचयपत्रमा प्राविधिक समस्या देखिएको छ । यससँगै निर्वाचन आयोगले परिचय खुल्ने कुनै सरकारी कागजातका आधारमा पनि मतदान गर्न दिने निर्णय गरेको छ।
मतदाता नामावलीमा नाम भएको तर, परिचयपत्रमा नाम फरक परेको, फोटो अर्काको परेको, छाप्न छुटेकाहरुले यो सुविधा लिन सक्ने छन् ।
तर, त्यस्तो सुविधा लिन चाहने व्यक्तिको मतदाता नामावलीमा नाम अनिवार्य रुपमा हुनु पर्नेछ । निर्वाचन आयोगले बिहीबारदेखि मतदाता परिचयपत्र वितरण थालेको थियो । दुर्इ दिनमा ४० प्रतिशत परिचयपत्र वितरण भइसकेको छ ।
तर, धादिङ, नुवाकोट, दोलखा, कास्की लगायत कतिपय जिल्लाका मतदान केन्द्रमा पुगेका मतदाताले परिपत्र नपाएको, आफ्नो संकेत नम्बरमा नाम फरक परेको, फोटो फरक परेको जस्ता गुनासा गरेका छन् ।
मतदाता परिचयपत्रमा समस्या देखिएपछि आयोगले शुक्रबार वैकल्पिक व्यवस्था गर्ने निर्णय गरेको हो । आयोगका सचिव गोपीनाथ मैनालीले भनेः‘ यदि नागरिकता, राहदानी सवारीचालक ईजाजतपत्र, जग्गाधनी प्रमाण पुर्जा, सामजिक सुरक्षा कार्ड जस्ता फोटो भएको परिचयपत्र छ भने त्यसको आधारमा पनि मतदिन पाउने भन्ने निर्णय गरेका छौं।’
तर, मतदाता परिचय पत्रमा समस्या नभएकाहरूले भने त्यही प्रयोग गरेर मतदान गर्नु पर्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.