Breaking News.... EverestOnlineKhabar
March 12, 2026

आईपिएल क्रिकेटः पञ्जाव विजयी………

Loading

एजेन्सी,२७ बैशाख ।
कोलकाता नाइटराइडर्सले हातैमा आएको खेल १४ रनले गुमाएको छ। किङ इलेभेन पञ्जावले पहिलो इनिङमा दिएको १ सय ६८ रनको सहज लक्ष्यलाई अन्तिम समय पछ्याउन नसक्दा कोलकाता पराजित भयो। यो पराजयसँगै कोलकाताको १३ खेलबाट प्लेअफमा प्रवेश गर्ने अभियान पुरा हुन सकेन्। जितपछि पञ्जावले प्लेअफमा प्रवेश गर्ने आफ्नो अभियानलाई जिवित राखेको छ। पञ्जावले १२ खेलबाट १२ अंक जुटाएको छ।
कोलकाताको हारमा क्रिस लिनको रनआउट र राहुल तेवातियाको बलिङ महत्वपूर्ण बन्न पुग्यो। ३ छक्का र ८ चौकाको सहयोगले ५२ बलमा ८४ रन बनाएका लिन १७ दशमलव २ ओभरमा रन आउट बन्न पुग्नु नै कोलकाताका लागि दूर्भाग्य बन्न पुग्यो।
६ ओभरको ब्याटिङ पावर प्लेमा ६१ रन बनाएको कोलकाताको महत्वपूर्ण २ विकेट कप्तान गौतम गम्भीर (८) र रोबिन उत्थपा (०) को तेवातियाले एउटै ओभरमा लिएपछि पञ्जाव खेलमा फर्किएको थियो।
यसअघि लिनले पहिलो विकेटका लागि सुनिल नारिन (१८)सँग मिलेर ३९ र गम्भीरसँग दोस्रो विकेटका लागि ३९ रनकै साझेदारी गरेका थिए। कप्तान गम्भीर र उत्थपा छिटै आउट भएपनि लिनले पाँचौ विकेटका लागि मनिष पाण्डे (१८) सँग मिलेर ५२ रनको अर्धसतकीय साझेदारी गर्दै खेललाई आफ्नो पक्षमा ल्याउन सफल भएका थिए। तर, माट हेनरीको १८ औं ओभरमा पहिले क्रिस लिन रन आउट हुनु र त्यसपछि मनिष पाण्डेले विकेट गुमाउनु कोलकाताका लागि घातक सावित भयो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.