Breaking News.... EverestOnlineKhabar
February 4, 2026

फिफा वरियताः नेपाल ३ स्थान तल, यी हुन् उत्कृष्ट १५ देश….

Loading

काठमाडौ,२२ बैशाख ।
फिफा वरियतामा नेपाल तीन स्थान तल झरेको छ । विश्व फुटबल महासंघ फिफाले बिहीबार सार्वजनिक गरेको नयाँ बरियतामा नेपाल तीन स्थान तल झरेर १ सय ७३ औँ स्थानमा पुगेको छ । यसअघि नेपाल १ सय ७० औँ स्थानमा थियो । दक्षिण एसियाली फुटबलमा भारत शीर्ष स्थानमा छ । नयाँ वरियतामा एक स्थान सुधार गरेको भारत १०० औँ स्थानमा छ । त्यसैगरी माल्दिभ्स एक स्थान तल झर्दै १ सय ५२ औँ, अफगानिस्तान १ सय ५४ औँ स्थानमा, भुटान १ सय ६४ औँ र बङ्गलादेश १ सय ९३ औँ स्थानमा छ ।
यस्तै श्रीलंका १ सय ९७ औँ र पाकस्तिान २ सय १ औँ स्थानमा छन् । विश्व वरियतामा ब्राजिल शीर्ष स्थानमा छ । अर्जेन्टिना दोश्रो र जर्मनी तेस्रो स्थानमा छन् । वरियतामा सबैभन्दा राम्रो सुधार साउथ सुडानले गरेको छ । साउथ सुडान ८ स्थान माथि चढ्दै १ सय ४६ औँ स्थानमा पुगेको छ ।
यी हुन् उत्कृष्ट १५ देश
ब्राजिल
अर्जेन्टिना
जर्मनी
चिली
कोलम्बिया
फ्रान्स
बेल्जियम
पोर्चुगल
स्वीट्जरल्याण्ड
स्पेन
पोल्याण्ड
इटाली
वेल्स
इंग्ल्याण्ड
उरुग्वे

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.