Breaking News.... EverestOnlineKhabar
March 16, 2026

पत्रकार महासंघ केन्द्रीय कार्यालयमा तालाबन्दी

Loading

काठमाडौ,१९ बैशाख ।
पत्रकार महासंघ काठमाडौं शाखा केन्द्रीय सभासद छनौट विवादका कारण नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालयमा तालाबन्दी भएको छ। नेपाल प्रेस युनियन, प्रेस सेन्टर, प्रेस सोसाइटी, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघसहित ६ संगठनका काठमाडौं शाखा प्रतिनिधिले सोमबार दिउँसो पिंगलास्थानस्थित केन्द्रीय कार्यालयमा तालाबन्दी गरेका हुन्।
काठमाडौं शाखाको केन्द्रीय सभासद छनौट गर्दा विधानविपरित गई केन्द्रीय सभासदमा फारम भरेकाहरुलाई प्रदेश सभासदमा छनौट गरिएको एवं १० जना नपुर्‍याई सभासद बनाइएको भन्दै उनीहरु विरोध जनाएका हुन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.