Breaking News.... EverestOnlineKhabar
March 13, 2026

चलचित्र नमस्ते नेपालको टिम कतारतिर……

Loading

काठमाडौ,बैशाख ।
नयाँ वर्ष २०७४ को उपलक्ष्यमा ‘रिदम कला केन्द्र दोहा’ कतारको आयोजनामा हुन लागेको सांस्कृति कार्यक्रमको लागि चलचित्र नमस्ते नेपालको टिम कतार जाने भएको छ । युरोपमा सम्पुर्ण छायाङ्कन गरिएको चलचित्र ‘नमस्ते नेपाल’ को प्रर्दशनका साथै कतारमा हुने विभिन्न सांस्कृतिक कार्यक्रमको लागि चलचित्रका निर्देशक राजु शाह र हाँस्य कलाकार गोपाल ढकाल‘छन्दे’ कतार जान लागेका हुन् ।
कतारमा बसोबास गर्दै आएका नेपालीहरुको सहभागितामा कार्यक्रम भव्य हुने आयोजकले जनाएका छन् । घरआगन नेपाल काठमाडौको सहयोगार्थ सांस्कृति कार्यक्रम गर्न लागिएको आयोजकले जनाएका छन् । कार्यक्रम यहि बैशाख १५ अर्थात अप्रिल २८ तारिखका दिन कतारको राजधानी दोहाको गल्फ होराईजनमा स्थानीय समय विहान ११ बजेदेखि सुरु हुनेछ । चलचित्र ‘नमस्ते नेपाल’ बेल्जियम,जर्मनी,बेलायत पछि कतारमा प्रर्दशन हुन लागेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.