![]()
भरतपुर,१३ बैशाख ।
नेपाली कांग्रेस चितवनलाई भरतपुर महानगरपालिकाको मेयरको नाम छनौट गर्न महाभारत भएको छ । पार्टीबाट महानगरको मेयरमा झण्डै ३ दर्जन व्यक्तिहरुले आकांक्षा राखेपछि त्यसलाई‘सर्ट लिस्टिङ’ गरेर केन्द्र पठाउन कांग्रेस चितवन असफल भएको छ । तर आकांक्षी मध्ये मिलनबाबु श्रेष्ठको सम्भावना निकै बलियो रहेको नाम नबताउने शर्तमा नेपाली कांग्रेस चितवनका एक सदस्यले जनाएका छन् ।
कार्यकर्ता माझ लोकप्रिय,सक्रिय,मिलनसार र विकासप्रेमी भएकाले श्रेष्ठको सम्भावना बलियो रहेको कांग्रेस स्रोतले जनाएको छ । श्रेष्ठले मेयरको टिकट पाए भरतपुर महानगरपालिकाको मेयरमा कांग्रेसको जित सुनिश्चित रहेको कांग्रेस कार्यकर्ताको भनाई छ । श्रेष्ठ पार्टीका केन्द्रिय नेताहरुको रोजाईमा पनि परेका व्यक्ति हुन् ।
तर,पार्टीभित्र उम्मेदवार चयनका बिषयमा तीब्र विवाद भएपछि क्षेत्रीय कमिटी मार्फत सिफारिस भएर आएका ३४ जना मेयरका आकांक्षी र १५ जना उपमेयरका आकांक्षीहरु सबैको नाम नै केन्द्रमा पठाउने निर्णय भएको छ । कांग्रेस चितवनका अर्का एक नेताले कांग्रेस ठूलो पार्टी भएकाले आकांक्षीको संख्या धेरै हुनु स्वाभाविक भएको प्रतिक्रिया दिए ।
उनले भनेः‘ केही व्यक्तिको नाम मात्रै सिफारिस गर्दा त्यसभित्र नपर्ने व्यक्तिहरूले पख्लास् भनेर इगो लिने अवस्था आयो । त्यसैले माथि नै पठाइदिएपछि ढुक्क भयो । कांग्रेस ठूलो पार्टी हो यस्तो भइरहन्छ ।’


