Breaking News.... EverestOnlineKhabar
March 13, 2026

स्थानीय चुनावमा बाबुराम र उपेन्द्रको मोर्चाबन्दी पक्का

Loading

काठमाडौ,१३ बैशाख ।
स्थानीय तहको निर्वाचनमा नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी फोरम नेपालबीच मोर्चाबन्दी हुने भएको छ । यससँगै डा. बाबुराम भट्टराईको पार्टीले फोरमको चुनाव चिह्नमा लड्नेछ । नयाँ शक्तिले दलीय चुनाव चिन्ह पाउनु पर्ने माग गर्दै आन्दोलन गरेको थियो । तर, मतपत्र छापिसकेको भन्दै निर्वाचन आयोगले ऐन संशोधन गर्दा पनि माग सम्बोधन नहुने बताएपछि नयाँ शक्तिले फोरमसँग मोर्चाबन्दी गरेको हो ।
बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति र उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरमबीच पार्टी एकताकै प्रयास पनि भएको थियो । तर, चुनाव अघि पार्टी एकताको सम्भावना भने टरेको छ ।
नयाँ शक्ति र संघीय समाजवादी फोरमले एकल चुनाव चिह्न लिई चुनाव लड्न निर्वाचन आयोगमा निवेदन समेत दिएका छन् । फोरमको नाममा दर्ता भएको एक हातले समातेको मसाल चुनाव चिह्नमा निर्वाचनमा सहभागी हुन दुबै दल मञ्जुर भएको निवेदनमा उल्लेख छ ।
राजनीतिक दलसम्वन्धी ऐनको दफा ४९ मा दुई वा दुई भन्दा बढी दलले कुनै दलले पाएको चुनाव चिहृन लिएर संयुक्त रुपमा चुनाव लड्न सक्ने व्यवस्ता छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.