![]()
हैदरावाद,चैत ।
भारतको हैदरावाद सहर एक जीबी प्रतिसेकेन्ड इन्टरनेट सेवा सुरु हुने पहिलो सहर भएको छ । द टाइम्स अफ इन्डियाका अनुसार बिहीवारदेखि सुरु भएको भारतको सबैभन्दा तीव्र गतिको इन्टरनेट सेवाको मासिक महसुल ५,९९९ भारतीय रुपियाँ तोकिएको छ ।
बैंगलुरुको इन्टरनेट सेवाप्रदायक कम्पनी एसीटी फाइबर नेटले यो सेवा सुरु गरेको हो । भारतका अरू १० वटा सहरमा निकट भविष्यमै यस्तै सेवा सुरु गर्ने लक्ष्य कम्पनीले राखेको पनि समाचारमा उल्लेख गरिएको छ ।


