![]()
काठमाडौं । नेपाली राष्ट्रिय भलिबल टोली र बंगलादेशको भलिबल टोलीबीच आज मैत्रीपूर्ण प्रतिष्पर्धा हुँदैछ । लगनखेलस्थित नेपाल आर्मीको शारीरिक तथा प्रशिक्षण केन्द्रको कभर्डहलमा खेल भैरहेको छ ।
नेदरल्याण्ड्सबाट आएका लेभल फाईभ प्रशिक्षक म्याट भान विजलसंगको तीन साताको प्रशिक्षणपछि नेपाली राष्ट्रिय टोली बंगलादेशबिरुद्ध मैदानमा उत्रिएको हो । नेपाली टोलीका प्रशिक्षक जगदिश भट्टले आजको खेलबाट नेपालको स्तर सुध्रिने विश्वास व्यक्त गरे ।
बंगलादेशका ईरानी प्रशिक्षक अली पौर अरोजीले नेपालसंगको म्याचबाट आफ्नो टोली थप मजबुत हुने दाबी गरेका छन् । समान हैसियत भएका मुलुकबीचको प्रतिस्पर्धालाई प्रशिक्षक अलीले निकै महत्व दिएका छन् ।
दोस्रो मैत्रिपुर्ण खेल भोलि सोहि मैदानमा हुनेछ ।


