Breaking News.... EverestOnlineKhabar
April 19, 2026

कांग्रेस–माओवादीको चुनाव चिह्न एउटै…….

Loading

अर्घाखाँची,११ असार ।
अर्घाखाँचीका चार स्थानीय तहमा कांग्रेस र माओवादी केन्द्रले तालमेल गरेर संयुक्त रुपमा चुनावी प्रचारप्रसार गरिरहेका छन् । चार तहका दुई स्थानमा प्रमुख कांग्रेस र उपप्रमुख माओवादी तथा दुई तहका प्रमुखमा माओवादी र उपप्रमुखमा कांग्रेस हुने सहमति अनुसार उम्मेदवारी दर्ता गरेर यी दुवै पार्टीले निर्वाचन प्रचारप्रसार गरिरहेका छन् ।
तर चारै तहमध्ये मालारानी गाउँपालिकामा भने कांग्रेस र माओवादीबीच गज्जबको तालमेल भएको छ । प्रमुखमा माओवादीबाट पदम क्षेत्री र उपप्रमुखमा कांग्रेसबाट शान्ता खनाल संयुक्त रुपमा चुनावी प्रचारप्रसारमा व्यस्त छन् । प्रमुख र उपप्रमुख मात्र होइन, वडा तहमा पनि कांग्रेस र माओवादी एक भएर एउटै चुनाव चिह्नमा चुनाव लड्दै छन् ।
९ वटा वडा रहेको मालारानी गाउँपालिकामा तीन वडामा कांग्रेसको चुनाव चिह्न रुख र ६ वडामा माओवादीको चुनाव चिह्न गोलाकारभित्रको हसिया हथौडामा चुनाव लडेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed