![]()
काठमाडौ,३ असार ।
गृहमन्त्री जनार्दन शर्माले राजधानीको ट्राफिक ब्यवस्थापन चुस्त बनाउन दुई सय स्थानमा ट्राफिक बत्ति राख्न निर्देशन दिएका छन्। शुक्रबार सडक विभाग, यातायात ब्यवस्थापन विभाग, ट्राफिक प्रहरी महाशाखा, काठमाडौं उपत्यका खानेपानी लिमिटेड, नेपाल टेलिकम, विद्युत्त प्राधिकरण, काठमाडौं महानगरपालिका, लगायतका सरकारी निकायका प्रमुखहरुसँगको छलफलमा उनले यस्तो निर्देशन दिएका हुन्। उनले भनेः‘छोटो बिधिबाट काठमाडौंका दुई सय चोकमा संकेत बत्ति जडान गरौं, त्यसका लागी कत्ति खर्च लाग्छ ?
ट्राफिक संकेत बत्ति तथा सड्क बत्ति बाल्न पनि एडिबीको मुख ताक्न नहुने उल्लेख गर्दै उनले भनेः‘एडिबीले सात बर्ष लगाउँछ, हामी आफैंले सड्कमा बत्ति बाल्न नसक्ने हो भने के सरकार चलाउने रु’ उनले अगाडी भनेः‘ कलंकीको जस्तो आकाशे पुल नबनाउनुस ठेकेदारलाई मात्र फाईदा हुन्छ, अब काम थाल्नुस छोटो बिधिबाट बन्ने आकाशे पुलहरु टेण्डर गरिहाल्नुस्, के दुई–चारओटा पुल बनाउने पैसा पनि छैन सड्क विभागसँग ? पैसोको ब्यवस्थापन म गरिदिन्छु ।’
यातायात ब्यवस्था विभागका महानिर्देशक गोपाल सिग्देललाई मन्त्री शर्माले उपत्यकाका ८ सय स्थानका जेब्रा क्रसिङको रेखाङ्कन कम्तिमा १५ दिनभित्र सिध्याउन निर्देशन दिएका छन् । उपत्यकाको अस्तब्यस्त ट्राफिक ब्यवस्थापन सुधार्न पहिले ठुला बस हालेर सानालाई बिस्थापन गर्दै लैजान मन्त्री शर्माले निर्देशन दिए ।


