Breaking News.... EverestOnlineKhabar
April 20, 2026

पेट्रोल–डिजेलको मूल्य घट्यो, आयल निगमको नाफा महिनामै ७६ करोड

Loading

काठमाडौ,३ असार ।
नेपाल आयल निगमले पेट्रोलिमय पदार्थको मूल्य घटाएको छ । निगमले शुक्रबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टितेल मूल्य घटाएको हो । निगमले तीनवटै पेट्रोलियम पदार्थमा १ रुपैयाँ ५० पैसा घटाएको छ । नयाँ मूल्यअनुसार पट्रोल अब प्रतिलिटर १०० रुपैयाँमा पाइनेछ ।
यसअघि १०१ रुपैयाँ ५० पैसा लिटरको पेट्रोलका १.५० रुपैयाँ मूल्य घटाइएको आयल निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिए । यस्तै डिजेल र मट्टतिेल लिटरमा १.५० रुपैयाँ सस्तो भएर प्रतिलिटर ७६ रुपैयाँ कायम भएको छ । यसअघि डिजेल र मट्टतिेल प्रतिलिटर ७७ रुपैयाँ ५० रुपैयाँमा पाइन्थ्यो ।
एलपीजी ग्यासको मूल्य भने घटाइएको छैन । अहिले ग्यासको मूल्य १३ सय ७५ रुपैयाँ छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घटेपछि भारतीय आयल कर्पोरशेनले तेलको मूल्य घटाएर आयल निगमलाई पठाएको थियो । त्यसैका आधारमा निगमले उच्च नाफा राख्न नहुने निश्कर्ष निकाले तेल सस्तो बनाएको पोखरेलले बताए । पुसमा मूल्य बढाएपछि तेलमा मूल्य समायोजन गरको थिएन । निगमलाई नयाँ मूल्य कायम गर्दा ७६ करोड रुपैयाँ नाफा रहनेछ । निगमले नयाँ मूल्यअनुसार नेपालमा भारतभन्दा पेट्रोलमा ११ रुपैयाँ ५५ पैसा, मटितेलमा ११ रुपैयाँ ४० पैसा र डिजेलमा १९ रुपैयाँ ३५ कममा तेल उपलब्ध गराइरहेको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed