Breaking News.... EverestOnlineKhabar
April 19, 2026

Loading

२०७६ फागुन २९, काठमाडौं । कोरोना भाइरसको आशंकामा ६ जनालाई राजधानीका दुई अस्पतालको आइसोलेसन वार्डमा राखिएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार ४ जनालाई टेकु अस्पताल र २ जनालाई पाटन अस्पतालको आइसोलेसन वार्डमा राखिएको हो । बिहीबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै प्रवक्ता डा विकास देवकोटाले संक्रमणको आशंकामा ६ जनालाई आइसोलेसन वार्डमा राखिएको जानकारी दिए । उनले विभिन्न ८ देशका नागरिकलाई नेपाल आउनका लागि रोक लगाइएको पनि जानकारी दिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed