Breaking News.... EverestOnlineKhabar
April 20, 2026

Loading

२०७६ फागुन २९, काठमाडौं । श्रीमतीको हत्या आरोपमा प्रहरीले काठमाडौंको दक्षिणकालीबाट एक युवकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा नवीन राई रहेका छन् । पौवापोखरी गाउँपालिका–३, खोटाङ स्थायी ठेगाना भएका उनी दक्षिणकाली नगरपालिका–२ मा बस्दै आइरहेका थिए । नवीनले गत सोमबार ३३ वर्षीया श्रीमती पुष्पा राईको हत्या गरेको देखिएकाले नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त कीर्तिपुरका प्रमुख छेदीलाल कामतीले जानकारी दिए । हत्यापछि झाडीमा शव फालेका उनले पछि पुनः कोठामै ल्याएर राखेको प्रहरी भनाइ छ । श्रीमती हत्याको आरोपमा श्रीमानलाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed