![]()
२०७६ माघ १६, काठमाडौं । सहिद स्मारक ’ए’ डिभिजन लिग फुटबलमा च्यासल युथ क्लब पराजित भएको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बिहिबार भएको खेलमा च्यासल फ्रेन्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित भएको हो । फ्रेन्ड्सलाई जित दिलाउन उत्तम राईले निर्णायक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ८४ औं मिनेटमा उत्तमले गोल गरेका थिए । खेलमा फ्रेन्ड्सका उत्तम म्यान अफ दि म्याच चुनिए । जितसँगै फ्रेन्ड्स लिगको नवौं स्थानमा उक्लिएको छ । लिगमा तेस्रो जित निकालेको फ्रेन्ड्सले ९ खेलमा ११ अंक जोडेको छ । च्यासल ९ खेलबाट ९ अंक सहित लिगको दशौँ स्थानमा झरेको छ ।


