Breaking News.... EverestOnlineKhabar
April 19, 2026

थपिएका तहमा सात दिनमै तयारी गर्ने प्रमुख निर्वाचन आयुक्तको दावी

Loading

विराटनगर,१० जेठ ।
प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले थप भएका स्थानीय तहमा सात दिनभित्रै चुनावी बन्दोबस्त मिलाइने बताएका छन् ।उनले भनेः‘ थप भएका तहको चुनावी बन्दोबस्त मिलाउन आयोग रातदिन खटिरहेको छ । तोकिएकै समयमा दोस्रो चरणको निर्वाचन हुन्छ ।’ थपिएको स्थानीय तहको संख्याले तोकिएको समयमा निर्वाचन गर्न कुनै कठिनाइ नहुने पनि यादवले बताए ।
निर्वाचन आयोगद्वारा विराटनगरमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख आयुक्त यादवले सबै प्रक्रिया मिलाउन एक साता लाग्ने र आयोगले समयसीमाभित्रै सबै काम सक्ने बताए ।
सरकारले सोमबार स्थानीय तह थपेपछि जेठ ३१ मै निर्वाचन गराउन कठिन हुने आयोगकै आयुक्त नरेन्द्र दाहालको भनाइप्रति यादवले अनभिज्ञता जनाए ।
यादवले अगाडी भनेः‘सरकारले स्थानीय तहको संख्या थपघट र हेरफेर हुँदा पनि निर्वाचन गराएर सहयोग गर्नुहोला भनेर आयोगलाई भनेको थियो,स्थानीय तह थप्नु राजनीतिक विषय हो, हाम्रो काम समयमा चुनाव सम्पन्न गराउनु हो ।’
चुनावकै मुखमा स्थानीय तह थप्दा आचारसंहिता उल्लंघन भएन र भन्ने प्रश्नमा यादवले भनेः‘आचारसंहिता चुनावका लागि हो, चुनाव देश र लोकतन्त्रका लागि, स्थानीय तह संघीयताका लागि थप्ने हो, त्यसैले यसमा आचारसंहिता प्रभावित हुँदैन ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed