Breaking News.... EverestOnlineKhabar
July 9, 2026

प्रधानमन्त्री ओली र गृहमन्त्री थापामाथि उपकुलपति कोइरालाको प्रहार : घाँटी छिनालेर र गोली ठोकेर सरकारमा पुगेकाहरुले सर्वसत्तावाद लाद्न खोजे

Loading

काठमाडौं।  संस्कृत विश्वविद्यालयका उपकुलपति प्राडा कूलप्रसाद कोइरालाले आफूलाई अपराधीको शैलीमा पक्राउ गरेर सरकारले सामन्ती पारा देखाएको बताएका छन्। उनले घाँटी छिनालेर र गोली ठोकेर सरकारमा पुगेकाहरुले  सर्वसत्तावाद लाद्न खोजेको आरोप लगाए।

रिपोर्टस क्लबमा आयोजित साक्षात्कारमा कोइरालाले नपढेको मान्छेले ज्ञानको गहिराइ पवित्रता बुझ्ने भए पनि प्रधानमन्त्री ओलीले संगत हुर्काइ र संस्कारले ज्ञानको गहिराइ नबुझेर आफूलाई पक्राउ गरेको आरोप लगाए। भने, ‘१४ वर्ष जेल परेको मान्छे प्रजातान्त्रिक हुनुहुन्छ होला भन्ने सोचेको थिएँ, तर उहाँ त सामन्ती हुनुहुँदोरहेछ।’

कोइरालाले यसअघि पटक पटक त्यही विधि र प्रक्रिया अपनाएर विश्वविद्यालयको कार्यक्रममा जाँदा कुनै अवरोध नभएको बताए।
उनले आफुले कानुनी प्रक्रिया सबै पुरा गरेको बताए। सरकारले नै आफुलाई रोक्न षड्यन्त्र गरेको उनको आरोप छ।

कोइरालाले एकेडेमिक क्षेत्रलाई तहसनहस पार्ने सरकारको लक्ष्य रहेको भन्दै भने,’एकेडेमिक क्षेत्रलाई कुनै तानाशाहीले तहसनहस पार्न सक्दैन।’

उनले विश्वविद्यालयको कुलपतिजस्तो मान्छेले हवल्दारी पारा देखाएको आरोप लगाउँदै भने , ‘प्रधानमन्त्री ज्यू हवल्दारी पारा देखाएर विश्वविद्यालय चल्दैन। बरु चाँडो भन्दा चाँडो ऐन संशोधन गरेर विश्वविद्यालयलाई राजनीतिक मुक्त बनाउनुस हैन भने अधिनायकवाद नलाद्नुस्।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

You Missed