![]()
एजेन्सी । रसियामा जारी विश्वकप अन्तर्गत पहिलो सेमिफाइनल खेलमा मंगलबार फ्रान्स र बेल्जिया भिड्दैछन्। सेमिफाइनलको पूर्व सन्ध्यामा फ्रान्सका कप्तान हुगो लोरिसले फ्रान्स विश्वकप जित्ने मनपर्ने टोलीहरुमा नपर्ने बताएका छन्।
बेल्जियमले ब्राजिललार्इ पराजित गर्नुभन्दा अघि बोल्दै लोरिसले भनेका थिए ‘मलार्इ त्यस्तो लाग्दैन। ब्राजिल जस्तो इतिहास र प्रतिभा बोकेको टोली सबैभन्दा मनपर्ने टोली हुनुपर्ने, यदी बेल्जियमले उनीहरुलार्इ पराजित गर्छ भने उनीहरुलाई विश्वकपको फेभरेट टोली बनाएको छ।
फ्रान्सले उरुग्वेलार्इ पराजित गरि सेमिफाइनलमा पुगेको हो। तर त्यो खेलमा फ्रान्सले अपेक्षा गरिए अनुसार खेल्न सकेको थिएन। २० वर्ष अगाडी विश्वकप जित्दा खेलाडी रहेका डिडियर डेसच्याम्पसको प्रशिक्षणमा रहेको फ्रान्सेली टोलीसँग युरोको अनुभव पनि छ। साथै उनीहरु धेरै क्षेत्रमा उत्कृष्ट र खेलमा उनीहरुको गति पनि एकदकै राम्रो छ।
लोरिसले भने ‘सेमिफाइनल जित्नका लागि हामी उरुग्वेसँग खेलेको खेल भन्दा राम्रो खेल्नु पर्छ। हाम्रो विपक्षमा बेल्जियम जस्तो उत्कृष्ट खेलाडी रहेको टोली रहेको छ। खेल धेरै प्रतिस्पर्धात्मक हुनेछ र मलार्इ आशा छ कि हामी तयार छौं।’


